बढ्याे काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा, कुनमा कति ? (सूची)

काठमाडौं । वागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बढेकाे भाडा वैशाख १ गतेदेखि लागू हुनेछ ।

बढेकाे भाडादरमा अब यात्रुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ ।

यसअघि, बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयले गएकाे कात्तिकमा उपत्यकाको भाडादर वृद्धि गरेको थियो । उक्त समयमा मन्त्रालयले ०–५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, यसपटक बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाएर सोही दूरीमा यात्रा गर्ने यात्रुले २० रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको हो ।

बाग्मती सरकारले जारी गरेकाे सूचनामा भनिएको छ,‘पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा वढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुनेछ ।’

यसैगरी, ट्याक्सी भाडा पनि बढेकाे छ । वागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर १० रुपैयाँ कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १.२० रुपैयाँ कायम गरिएको छ ।

विद्युतीय माध्यमबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ । यस्तै, मालबहाक सवारी साधनकाे पनि १३ प्रतिशत भाडा बढेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१