• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

जैमिनीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जना घाइते

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटना भएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जीपमा चालकसहित महिला २ र पुरुष ३ जनागरि ६ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।