
किभ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् ।
युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किभ पुगेकाे समाचार बीबीसीले लेखेकाे छ ।
बेलायती प्रधानमन्त्री जोन्सन पूर्व जानकारी बिना एक्कासी युक्रेन पुगेको बताइएको छ । जोन्सनलाई जेलेन्स्कीले राजधानी किएभका सडकको भ्रमण गराएका थिए । दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदलै घुमेका थिए ।