नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । नेपालले १४.४ ओभरमा पुरा गरेको छ ।

नेपालका लागि साना प्रविनले नटआउट ४२ बलमा ३५ रन, सोनी प्राखिनले १९ बलमा १३ रन, कप्तान पुजा महत्तोले १७ बलमा ३ चौका प्रहार गर्दै २१ रन बनाइ लक्ष्यलाई भेटाएका थिए । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।