एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणको अधिकार स्टार स्पोर्ट्सले पाएको छ ।

भारतीय च्यानल स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण हुने क्यानले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त टेलिभिजनबाट खेलको प्रत्यक्ष प्रशारण हुने बताएका छन् ।

एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंकले गरेको छ । स्टार स्पोर्ट्सले आइसीसीका प्रतियोगिताहरुका साथै भारतीय प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१