राेकिएन सेयर बजार घट्ने क्रम, साढे ४४ अङ्ककाे गिरावट

काठमाडाैं । साेमबार पनि सेयर बजार घट्ने क्रम राेकिएन । अघिल्लाे साता निरन्तर घटिरहेकाे सेयर बजार साेमबार पनि साढे ४४ अङ्कले घटेको हाे ।

शेयर बजार परिसूचक नेप्से साेमबार ४४ दशमलव ६४ अङ्कले घटेर २ हजार ४ सय १९ दशमलव ७१ बिन्दूमा झरेको छ ।

साेमबार २ सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सकाे १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकाे नेप्सेले जनाएकाे छ ।

शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१