
काठमाडाैं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् ।
पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।
शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् ।
सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् ।