भारतमा आइतबारदेखि केबलकारमा अड्किएकामध्ये कहीकाे अझै हुन सकेन उद्धार, तीन जनाको मृत्यु

काठमाडाैं । भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका केही व्यक्तिको अझै उद्धार हुन सकेको छैन ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए । त्यसपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए ।

उक्त दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म पनि उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ । भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो । आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो । प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१