काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले काठमाडौं गुखार्जलाई १६८ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
बिहिबार भएको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्सले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । सुदुरपश्चिमका लागि ब्राण्डम म्याकुमिलनले सर्वाधिक ३६ बलमा ५३ रन बनाए । उनले ३ चौका र ४ छक्का हिर्काए । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ४३ रन बनाई करण केसीको बलमा क्याच आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले २८ बलमा २ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाइ आउट भए । सइब जैव ११ रन, स्कट कुगेलाइन ७ रन, इसान पाण्डे १ रन, रोहन मुस्ताफा ४ रन, आरिफ सेख ३ रन बनाए ।
काठमाडौंका लागि रासिद खानले २, करण केसी, साहव आलम र इरसमसले समान १/१ विकेट लिए ।
सुदुरपश्चिम रोयल्स जारी एनपीएलमा एक खेल खेल्दै २ अंक जोडेर तालिकाको चौथौ स्थानमा छ भने काठमाडौं गुर्खाज दुई खेल खेल्दा एक खेलमा हार र एक खेलमा जित निकाल्दै २ अंकका साथ तेस्रो स्थानमा छ ।
सुदुरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । काठमाडौं पहिलो खेलमा चितवनसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्सलाई ३ विकेटले जितेको थियो ।