काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई सजिलै जितेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो । १७१ रन पछ्याएको पोखराले विना विकेट १६.५ ओभरमा लक्ष्यलाई भेटाएको हो । पोखराका ओपनर आन्द्रेस गौसले ५५ बलमा १०४ रन बनाए । उनले १२ चौका र ५ छक्का हिर्काए भने अर्का ओपनर दिनेश खरेलले ४६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाए ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन, टोम मरिसले ३८ बलमा ४५ रन, सन्दिप जोरा १५ बलमा १८ रन र विवेक यादवले १ बलमा २ रन प्रहार गरेका थिए । ओपनर उन्मुक्त चन्द र आशुतोष गिरहियालाई विपीन खत्रीले शून्य रनमै आउट गरे ।
पोखराका लागि विपिन खत्रीले २, म्याथवे क्रिटल्लीले १ विकेट विकेट लिए ।