विराटनगरले पायो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिवार भएको दोस्रो खेलमा विराटनगर किंग्सले १ सय ३४ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले २० ओभरमा १० विकेटको क्षतिमा १३३ रन बनाएको हो । कर्णालीका देव खनालले ४८ बलमा ५३ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । विलियम बसिस्टो ४९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६६ रन प्रहार गरे । उनी क्रिस सोलको बलमा एलबिडब्ल्यू भए ।

शिखर धवन ५ बलमा १ चौका प्रहार गर्दै ५ रन बनएर प्रतिश जिसीको बलमा आउट भए भने चाडविक वाल्टन ५ बलमा १ रन बनाउदा क्रिस सोलको बलमा क्याच आउट भए । १ बल खेलेका गुलसन झा बसिर अहमदको बलमा शून्यमै आउट भए भने ४ बलमा १ रन बनाएका अर्जुन बिटालुलाई आक्युवले आउट पारे । जिसन मक्सूड ३ बलमा २ रन बनाउँदा प्रतिश जिसीको बलमा आउट भए । प्रतिशले नै नन्दन यादवलाई शून्यमै आउट गरे । एक बल खेलेका युनिस ठकुरी रन आउट भए भने अन्तिम ब्याट्समेन विपीन शर्मा क्याच आउट हुन पुगे ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा काठमाडौंसँग ३ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै विराटनगर पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा सुदुरपश्चिमसँग ९० रनले पराजित भएको थियो भने तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले पराजित गरेको थियो । कर्णाली तालिकाको चौथौं स्थानमा छ भने विराटनगर सातौं स्थानमा रहेको छ ।