काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिवार भएको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले २० ओभरमा १० विकेटको क्षतिमा १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनायो ।
निकोलस क्रिटनले सर्वाधिक ३९ बलमा ४० रन बनाए । विराटनगरका अन्य खेलाडीको प्रर्दशन निराशाजनक रह्यो । लोकेश बमले ८ बलमा १९ रन, दिपक बोहोरा १३ बलमा १८ रन, मार्टिन गप्तिल ४ बलमा ४ रन, आकिव इलिस १४ बलमा ८ रन बनाएर आउट भए । नरेन भट्टले ७ रन, बसिर अहमदले ८ रन बनाए । यस्तै प्रतिश जिसीले ७ र सन्दिप लामिछानेले ६ रन बनाए ।
कर्णालीका देव खनालले ४८ बलमा ५३ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । विलियम बसिस्टो ४९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६६ रन प्रहार गरे । उनी क्रिस सोलको बलमा एलबिडब्ल्यू भए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट, क्रिस सोल र बसिर अहमदले समान २ र अकिबले १ विकेट लिए ।
कर्णालीका लागि नन्दन यादवले ३ विकेट, विपिन शर्माले २ विकेट लिए भने सोम्पाल कामी, बसिस्टो र युनिश विक्रम ठकुरीले समान १ विकेट लिए ।