लुम्बिनीले पायो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले १३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो । जनकपुरका कप्तान अनिल साहले ४५ रन, सुभ कन्साकारले २२ रन, लाहुरु मिलान्थाले २४ रन र आसिफ सेखले १६ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

लुम्बिनीका अभिसेस गौतमले ३ विकेट, रोहित पौडेल र साद विन जफरले समान २/२ र सन्दिप जोराले १ विकेट लिए ।

जनकपुर बोल्ट्स ३ खेलमा ३ जीतसहित तालिकाको पहिलो स्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा ३ हारसहित तालिकाको पुछारमा छ ।