
जापान । ‘बागलुङ समाज जापान’ को पाचौँ अधिवेशन जनवरी १९ मा टाेक्याेमा हुने भएकाे छ । गत नोभेम्बर २४ मा बसेको समाजको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो ।
समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामू खत्रीले जानकारी दिए । ९ वर्षअघि स्थापना भएकाे सामाजिक कार्यमा सक्रिय बागलुङ समाज जापानले अब पाचाैँ अधिवेशन गर्न लागेकाे हाे ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्ने संस्थाका सहसचिव सचिन आचार्यले जानाकारी दिए । जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले बागलुङको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
बागलुङबाट जापानका विभिन्न शहरहरुमा विभिन्न पेसामा आएका बागलुङे बासीहरुको ठूलो संख्या रहेको विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।
सस्थांको अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न सबै तयारी थालिएको र अधिवेशनका दिन जापानमा रहेका सबै बागलुङबासीलाई सहभागी हुनसमेत निमन्त्रणा गरिसकिएकाे प्रवक्ता खत्रीले जानकारी दिए ।