काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । सुदुरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रन र सैफ जेवले २१ रन बनाए । यस्तै इसान पाण्डेले १७ रन र ब्राण्डन म्याकमुलुनले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
जनकपुरका किशोर महत्तोले ४ विकेट, शेर मल्ल र अरनिको यादवले समान २,२ र हर्ष थाकरले १ विकेट लिए ।
बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाज भिडने छन् । जनकपुर तालिकाको पहिलो स्थान र सुदुरपश्चिम दोस्रो स्थानमा छन् ।