२४ सय बिन्दुभन्दा तल झर्‍यो नेप्से, डेढ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सेयर बजार २४ सय बिन्दुभन्दा पनि तल झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अंकले घटेर २३ सय ८५ दशमलव ०२ बिन्दूमा झरेको हो ।

मंगलबार १ अर्ब ५२ करोडबराबरको २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको छ । मंगलबार होटल र पर्यटन झिनो अंकले बढे पनि बाँकी १२ सूचक राताम्य छन् ।

मंगलबार सर्वाधिक गुमाउनेमा इमर्जिङ नेपालका लगानीकर्ता छन् । उनीहरुले ६.५९ प्रतिशत गुमाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१