• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

मंगलबार आयोगले सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक कुँवरमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको हो ।

राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको आरोप छ ।