सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१