• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

बालुवाटारबाट थापाथली सरे राष्ट्र बैंकका दुई प्रमुख विभाग

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा सर्ने भएका छन् ।राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार (पौष १ गते) देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ । थापाथलीस्थित यो भवन राष्ट्र बैंकले अत्याधुनिक संरचना र सेवा प्रविधिका साथ निर्माण गरेको हो ।