• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

काठमाडौं । ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ ।

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो ।एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।

ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ)मार्फत थाहा पाउन सक्नेछन् ।सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो ।ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।