काठमाडाैं । सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए ।
केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जान लागेका छन् ।
केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।