यो फोटो खिचेको मैले होः निकोलस भुसाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतमा खिचिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

उनी सुतिरहेको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरु भइरहेका छन् । दुई दिन अघि निकोलस भुसालले राखेको उक्त तस्बिर हिजोमात्र सामाजिक सञ्जालमा फैलिएको थियो ।

लामिछानेका निकस्ट व्यक्ती दीपक बोहोराले सामाजिक सञ्जालमा ‘प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको’ भन्दै उक्त तस्बिर राखेका थिए । तस्बिरमा रवि लामिछाने सुतिरहेका छन् ।

तस्बिर प्रहरीले सार्वजनिक गर्‍याे भन्दै सञ्जालमा यसको विरोध भयाे। सामाजिक सञ्जालमा पहिलो पोस्ट गर्ने व्यक्ती निकोलस भुसाल हुन् तर यो अरु कसैले हो भन्ने भ्रम फैलिएको थियो । यसलाई लिएर निकोलस भुसालले आफूले नै उक्त तस्बिर खिचेर फेसबुकमा पोस्ट गरेको स्विकारेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘यो फोटो रियल हो मैले नै खिचेको हो ग़ल्ती भको हो माफ़ी चाहन्छू । म बाट कसैलाई दोष लगाउने या ख़राब नियत थीएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौशला प्रदान गर्न गको थीए ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१