चीनमा कोरोना भयावह, भारतमा पनि ‘नयाँ भेरियन्ट’

काठमाडाैं । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टले चीनमा भयावह अवस्था सिर्जना गरेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा १ हजार ५०० नयाँ संक्रमित फेला परेका छन्, जसमध्ये सांघाईमा मात्रै १ हजार १८९ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमित बढेपछि केही दिनयता सांघाईमा कडा लकडाउन भएको छ । कोरोना लकडाउनका बेला खाद्यान्नको अभाव समेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन् ।

चीनमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट भारतसम्म पुगेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

रिपोर्टअनुसार भारतका २ प्रदेशमा नयाँ भेरियन्ट फेला परेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१