
काठमाडाैं । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकस्तानमा दुर्घटनामा परेको छ ।
उक्त जहाज काजकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ । जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ ।
काजकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रुहरू बच्न सफल भएका छन् । त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएकाे समाचारमा जनाइएको छ ।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो ।