लोप हुँदै गएको ‘भैलो पर्व’ संरक्षणमा मुगाली

काठामाडौ । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो ।मुगमकामा रोङ्ख ९का चिमाथ, पापु, छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोप हुन लागेको पर्व संरक्षणमा पनि जुटेका छन् । शसस्त्र माओवादी १० बर्षको जनयुद्व हुँदा थला परेका धार्मिक तथा सास्कृतिक रितिरीवाज चाडपर्वहरु लोप हुनबाट जोगाउने तयारी पनि भइरहेको छ ।

भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसीभैलो कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको दिनबाट खेलिन्छ । दोस्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ । जसलाई सानो भैली भन्ने चलन छ । अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसीदेखि पूर्णिमासम्म खेलिन्छ । जसलाई पुसे भैलो अर्थात ठूली भैलो भनिन्छ ।१६ वर्षमुनिकाले खेल्ने भैलीलाई सानी भैली र बूढापाकाहरुले खेलिने ठूली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरुले फरिया लगाउने, आँचला हाल्ने, लठ्ठी हातमा लिएर लामो लयमा मागल गाए जस्तो गरी गाउने गर्छन् । पुरुषहरुले छोटो तरिकाले भैलो गाउने चलन छ ।

मंसिर पूर्णिमा र पुसे औंसी सम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खानेकुरा आदि जम्मा गरेर त्यसको एक/दुई दिनपछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठे भात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरु भेटघाट गर्ने बिभिन्न परिकारका खाना खाने, सबै गाँउघरमा मानिसहरु एक ठाँउमा जम्मा भएर नाचगान गरिएको स्थानीय धनकृष्ण बडुवालले बताए ।मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ख गाँउपालीकामा रहेको १ देखी ८ वडामा सबै बस्तीहरुमा लामा अर्थात जनजातिहरुको वाहुल्यता रहेको र ९ वडामा हिन्दु धमालम्बीहरु बस्ने भएकाले अन्य धर्मको गतिबिधीहरु बढी हुने र हिन्दुहरुका पर्व चाडपर्वहरु संस्कृति हराउँदै गएकाले संरक्षण गर्न लागिएको वडाध्यक्ष रतन बहादुर बुढाले बताए ।
नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का बली अर्थात बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१