विजय सरावगी कांग्रेस प्रवेश गर्न चाहान्थे, हामीले हुन्न भनेपछि एमालेमा गए : गगन थापा (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगरका मेयर विजय सरावगी कांग्रेसमा ठाउँ नपाएर एमालेमा प्रवेश गरेकाे बताएका छन् ।

काठमाडाैंमा बिहीबार बिहान आयाेजित कार्यक्रममा थापाले सरावगी पहिला कांग्रेसमा प्रवेश गर्न खाेजेकाे तर हुन्न भनेपछि एमालेमा गएकाे बताएका हुन् । उनले आफ्नाे घरसम्म आएर सरावगीले कांग्रेसमा स्थान खाेजेकाे बताए ।

सत्तारूढ पाँचदलीय गठबन्धनसँग एमाले एक्लै भिड्ने अभिव्यक्ति दिने गरेको एमालेले बुधबार राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए । उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए ।

मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको बताएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१