काठमाडाैं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार क्षेत्रकी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा खत्री र सुमारबीच भेटवार्ता भएको सुमारले ट्वीटरमा उल्लेख गरेकी छन् ।
भेटमा नेपाल र अमेरिकाले एमसीसीमार्फत अघि बढ्ने सहकार्यको विषयमा छलफल भएको सुमारले उल्लेख गरेकी छन् । उनले अबकाे वर्ष नेपालमा एमसीसी कार्यान्वयनकाे विषयमा व्यस्त हुने पनि जनाएकी छिन् ।
नेपालमा एमसीसी अनुमोदनको सकस भइरहेको बेला सुमार नेपाल आएर शीर्ष राजनीतिक नेताहरुसँग भेटघाट गरी एमसीसी अनुमाेदन गराउन लबिङ गरेकी थिइन् ।
व्याख्यात्मक घाेषणासहित नेपालमा एमसीसी अनुमाेदन भएकाे थियाे । एमसीसी मार्फत् विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि ६० अर्ब रुपैयाँ अनुदान नेपालले पाउनेछ ।
— Fatema Z. Sumar (@FatemaDC) April 13, 2022