भीम रावलको प्रश्न : चुनाव चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडाैं । नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गरी सूर्य चिन्हमा उम्मेदवार उठाउन गरेको सहमतिमा नेता भीम रावलले प्रश्न उठाएका छन् ।

विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति रावलले प्रश्न उठाएका हुन् ।

‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो ?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ ?’

रावलले विहीबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरी भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१