
काठमाडाैं । सामाजिक अभियन्ताकाे रुपमा आफूलाई चिनाउने ज्वाला संग्राैला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् ।
बिहीबार राप्रपाकाे पार्टी कार्यालयमा आयाेजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले संग्राैलालगायतका केही अभियन्तालाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिंग्देनले राप्रपा पार्टी विस्तारै पूर्ण हुन लागेकाे बताए । उनले देश र जनतालाई धाेका नदिने प्रतिबद्धता पनि दाेहाेर्याए ।