
काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी छन् ।
उनी बुधबार अदालतमा उपस्थित भएकाे मोरङ जिल्ला अदालत स्रोतले जनाएकाे हाे । उनकाे थुनछेक बहसकाे तयारी भइरहेकाे पनि स्राेतले जनाएकाे छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् ।
यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।