
काठमाडाैं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो
उनीसहित रवि लामिछानेलाई पनि ६५ लाख धरौटी माग गरेको छ। अन्यलाई पनि अदालतले धरौटीमा छाडेको हो ।
अन्यमा, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरिएकाे छ ।
उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो ।