पुसको अन्तिम दिन कति छ आज काठमाडौंको तापक्रम ?

काठमाडौं । आज पुसको अन्तिम दिन । अर्थात पुस २९ गते । पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।

तर दुई दिनयता काठमाडौंको तापक्रम उस्तै छ । किनकि आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो ।यता आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१