
काठमाडौं । उर्जामन्त्री दीपक खड्कामाथि हातपात भएको छ । मन्त्री खड्कामाथि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमै हातपात भएको हो ।
केहि दिन अघि उनलाई भेट्न आएका एक व्यक्तीले दुर्व्यहार गरेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयबाट बाहिरिने क्रममा उनीमाथि कुटपिट भएको थियो ।
कुट्ने व्यक्ती मानसिक रोगी रहेको र गोरखाको भएको मन्त्री खड्काले बताएका छन् । तर हातपात गर्ने व्यक्ती गोरखाबाट गत निर्वाचनमा उम्मेदवार बनेका व्यक्ती हुन । मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाका हरि पोखरेल हुन् । उनी २०७९ को निर्वाचनमा गोरखाबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
घटना लगत्तै पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।