गोहोरोमाथि बलात्कार, मोबाइल भिडियोबाट यसरी सार्वजनिक भयो घटना

काेल्हापुर, भारत । भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बलात्कारको घटना सार्वजनिक भएको छ ।

घटनामा संलग्न आशंकाको आधारमा चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएकाे छ ।

यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । अधिकारीले मुद्दा दर्ता गरेपछि अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।

बलात्कारको घटना रत्नागिरी जिल्लाको गोठणे गाउँमा भएकाे बताइएकाे छ ।

यस्ताे छ घटना :

चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि राखिएकाे ट्र्याप क्यामरामा अवैध तरिकाले नेशनल पार्कमा प्रवेश गरेका मानिसहरु कैद भएका थिए ।

ती मानिसहरु शिकारमा प्रयोग हुने हतियार लिएर नेशनल पार्कमा प्रवेश गरेका थिए । क्यामेरामा कैद भएकाे भिडिओकाे आधारमा उनीहरु पक्राउ परे । त्यसपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरियाे । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।

मोबाइल फोनमा भिडिओ फेला परेपछि…

वन अधिकारीले पक्राउ परेकाहरुकाे मोबाइल फोन अनुसन्धान गरे । जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए । साथै, अधिकारीले एउटा यस्तो भिडिओ पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अप्राकृतिक अत्याचार गरिएकाे थियो ।

वन अधिकारीलाई यो विभत्स व्यवहार यिनै संदिग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ । यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शिकारको कुरा स्वीकार गरेको तर गोहोरोमाथि अत्याचारको कुरा अस्वीकार गरिरहेकाे बताएका छन् ।

वन अधिकारीका अनुसार उक्त भिडियो साइबर प्रहरीलाई सुम्पिइएको छ जसले भिडिओको सत्यताको अनुसन्धान गरिरहेको छ ।

वन अधिकारीका अनुसार अवैध प्रवेशमा दोषी पाइए उनीहरुविरुद्ध ५ लाख भारु जरिवाना र ७ वर्षसम्म सश्रम कारावासको सजाय हुनसक्छ । गोहाेराेमाथि अत्याचारको दोषी पाइएमा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१