• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घट.र छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ ।अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।