माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता तथा कार्यकर्ताले दिए राजीनामा

चिवतन । पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्टीबाट सामुहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिबार एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो ।

पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्व पार्टी वडा सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गरी बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१