थपिए ९ जना कोरोना संक्रमित, ४४ जना निको

काठमाडौं । नेपालमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परिक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१