स्याङ्जामा जीप दुर्घटना, ४ जनाकाे मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएकाे छ ।

ग १ ज ७३९९ नम्बरको जीप डाँडाखर्कबाट वालिङ बजारतर्फ गइरहेकाे बताएकाे छ । दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा ५ जना घाइते भएकाे र घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे पनि प्रहरीकाे भनाइ छ । घाइतेहरुकाे उपचारका लागि गण्डकी अस्पताल पाेखरा पठाइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१