• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

केएमसी सामाजिक सुरक्षा कोष दिवसमा सम्मानित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) सम्मानित भएको छ । सातौँ सामाजिक सुरक्षा कोष दिवसको अवसरमा केएमसी सम्मानित भएको हो ।

बागमती प्रदेशबाट सामाजिक सुरक्षा कोषमा योगदान गर्ने तथा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल तथा मेडिकल कलेजहरु मध्येबाट पहिलो भइ केएमसीसले प्रशंसापत्र प्राप्त गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विशेष कार्यक्रमबीच दाहाललाई सम्मानपत्र प्रदान गरे ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ भने शल्यक्रिया पनि निःशुल्क गर्दै आएको छ ।