• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मुगुको महांकालीबाट शुभारम्भ भयो एचपीभी खोप अभियान

काठमाडौ । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान मुगुमा पनि सुरुवात भएको छ ।
देशभर माघ २२ गते देखि फागुन ६ गते सम्म सन्चालन हुर्ने खोप सदरमुकाम गमगढीमा रहेको खोप केन्द्र महाकाली उच्च माध्यामिक विद्यालयबाट सुरु गरिएको हो । कार्यक्रम चारवटै पालिकामा संचालन गरिनेछ।

अभियान जिल्लाका चारै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यानरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी खोप सञ्चालन हुनेछ ।पहिलो दिन गमगढी बजारमा रहेका महामाली उच्च माध्यामिक विद्यालयबाट सुरु भएको हो । खोपले बच्चाहरुको मृत्यू दर संकेत कम गराउने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

डाक्टर नगरकोटीका भने, ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको र निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिकाहरूलाई बिद्यालयमा रहेको खेप केन्द्रमा पाठेघर मुखको क्यान्सर बिरूद्दको खोप लगाइने छ ।’

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सन्चारकर्मीहरूलगायत सरोकारवाला पक्षलाई अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरे ।एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।खोप केन्द्रमा भिडभाड हुर्ने अबस्थालाई मध्य नजर राख्दै अपागंता, असायहरुलाई प्राथमिकता दिंदै गोपनियताको ख्याल राख्दै संचालन गर्न र गराउनका लागि स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन ।

अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ सहभागी हुन सरेकारवाला सबैले सहयोग गरी दिनहुन समेत जिल्ला अस्पताल मुगुका अस्पताल बिकास समितीका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अनुरोध गरे ।खोप निकै महत्वपूर्ण भएको हुनाले पहिलो पटक नेपालमा किशोरीहरुको पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान भएकाले पालिकाभित्र रहेका सबै विद्यालय र स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुले कुनैपनि किशोरीहरुले खोपबाट बन्चित नहुनेगरी खोप लगाउन छाँयानाथ रारा नगरपालिकाम नगर प्रमुख बिस्नु कुमार भामले आग्रह गरे ।