• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बुधवारदेखि नेशनल हाईस्कुल च्याम्पियनसिप

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भैरहेको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधवारदेखि माघ २६ गते शनिवारसम्म लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको छ ।

आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।यस प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप(विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फाइनलमा प्रतिस्पर्धी गर्ने टोलीहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी छन् ।

यस वर्ष विभिन्न कठिनाइहरूका कारण सुर्खेत छनोट आयोजना हुन नसकेको आयोजक संस्थाले जनाएको छ । हाइप येति इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी हुन् । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मीडिया पार्टनर)तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको छ ।माघ २६ सम्म चल्ने यस प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।