रूसले खसालिदियो पश्चिमी देशबाट हतियार बोकेर आइरहेको युक्रेनी विमान

काठमाडौं । रुसले आफ्नो वायु रक्षा इकाइले पश्चिमी देशहरूले पठाएको हतियार बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरेको छ ।

तास समाचार एजेन्सीले रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गरी दक्षिणपश्चिम युक्रेनको ओडेसा सहरबाहिर आक्रमण भएको बताएको छ ।

बीबीसीले स्वतन्त्र रूपमा यस जानकारीको पुष्टि गर्न सकेको छैन र घटनामा कसैको मृत्यु भएको हो वा होइन भन्ने पनि स्पष्ट भइसकेको छैन ।

जनरल कोनाशेन्कोभले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँलाई निशाना बनाएको दाबी गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१