• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

काठमाडौ। बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागू औषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैया प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ का भीम बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार विशेष सूचनाको आधारमा मगलबार बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोकी फरार भएको थियो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा नरोकी फरार भएको स्कुटीलाई प्रहरी टोलीले पच्छयाउँदै जाने क्रममा वडा नम्बर २ सूर्य नेपाल अगाडी फेला पारेको उनले जानकारी दिए ।स्कुटीको डिक्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागू औषध अफिमजस्तो पदार्थ र नगद एकलाख ३३ हजार ६५५ रुपैयाँ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ ।