• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सूर्य थापाले भने : पत्रकारले प्रश्न सोध्दा सीमा नाघे

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताएका हुन् ।उनले भने, ‘मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको छ । संसदहरुलाई कस्ता प्रश्न सोध्ने ? ति प्रश्न संविधान कानून बमोजिम हुनुपर्छ कि पर्दैन ? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ की पाइँदैनन् ? म आफैंले पनि भोगेको र हिजो प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नहरुमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्रीज्यू प्रश्न उत्तर कार्यक्रमबाट बाहिँरिदा ‘तपाईं हिटलर हो’भनेर प्रश्न गरियो, नेपालको संसदले बनाएको प्रधानमन्त्री हिट्लर हुन्छ र सभामुख महोदय । संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकार साथीहरुले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’ प्रश्न गर्दैै उनले भने, ‘मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम यवस्थित गरियोस् । मलाई नै एक जना मिडियाकर्मीले बुम तेसौएर ‘तपाईँ हनुमान हो ?’भनेर प्रश्न गर्नुभयो । सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकार्षण गराउन चाहन्छु ।’’साथै उनले बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो’ भनेर प्रश्न गरेको र आफूलाई भने ‘तपाईँ हनुमान हो’ भनेर सोधिएको उनले बताए ।साथै उनले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सांसदहरुको प्रश्न सोध्ने पाउने अधिकारको दुरुपयोग गरेर प्रधानमन्त्रीमाथि प्रश्न सोधेको उनले बताए ।