• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ

काठमाडौ । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ ।

बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटमा चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीलाई चेकजाच गर्ने क्रममा पक्राउ परेकी आरती यादवले बोकेको व्यागमा रातो रंगको ग्यालेन भित्र प्लास्टिकमा सानो सानो पोका पारी लुकाएको अवस्थामा चरेश जस्तो देखिने पदार्थ फेला पारेको हो ।वरामद गरिएको पदार्थ सहित आरतीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्वन्धी कसूरमा थप अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाइएको छ ।