• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राप्रपा निकट युवा संघको अध्यक्षमा नविन कुमार झा चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा नविन कुमार झा चयन भएका छन् ।

संगठनको शनिबार जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।समितिको उपाध्यक्षमा जीतनारायण साह, अशोक कुमार साह, सचिवमा अमित कुमार कर्ण, स–सचिवमा मकेन्द्र यादव, कोषाध्यक्ष भैरव झा चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा सोहन कुमार सिंह , सुभम झा, दयानन्द झा, विनोद मण्डल, संजय ठाकुर, सन्तोष यादव, लक्ष्मी साह, रुपेश कुमार सिंह, सुमित साह र कौशल मिश्र चयन भएको निवर्तमान अध्यक्ष मुन्नु झाले बताए ।निवर्तमान अध्यक्ष मुन्नु झाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका प्रवक्ता गोपाल दहाल, युवा संगठनका केन्द्रिय अध्यक्ष सुजित केसी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।