• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९७० मा बिक्रि भइरहेको छ ।