
काठमाडाैं । युक्रेनविरुद्ध रुसले चलाइरहेको विशेष सैन्य कारवाहीको अद्यावधिक विवरण रुसको रक्षा मन्त्रालयले उपलब्ध गराएको छ । सटीक प्रहार गर्ने रुसी हतियारले आइतबार राति युक्रेनका १६ वटा सैन्य संरचनालाई ध्वस्त बनाएका छन् ।
रुसी वायुरक्षा प्रणालीले एउटा युक्रेनी ड्रोनलाई खसाएको छ । रुसको अपरेसनल–ट्याक्टिकल एभिएसनले युक्रेनी सैनिक तथा सैन्य उपकरण रहेका १०८ वटा स्थानमा आक्रमण गरेको छ ।
रुसी वायुसेनाले आठवटा युक्रेनी ट्यांक र अन्य सशस्त्र वाहनहरूलाई क्षति पुर्याएको बताइएकाे छ ।
रुस सशस्त्र बलहरूले युक्रेनका चारवटा हतियार भण्डार, सैन्य उपकरणका साथै युक्रेनी योद्धाहरू रहेका तीनवटा क्षेत्रमा इस्कन्द क्षेप्यास्त्र उपयोग गरेर विनाश गरेका छन् ।
रुसी एयरोस्पेस बलहरूले इज्युम नजिक युक्रेनका दुईवटा मिग–२९ लडाकू विमान तथा आव्दीव्का नजिक एउटा सु–२५ विमानलाई खसाएका छन् ।
समग्रमा युक्रेनको १३९ वटा विमान, ४८३ वटा ड्रोन, २५० वटा एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम, २३ सय २६ वटा ट्यांक, २५४ वटा मल्टिपल लोन्च रकेट सिस्टम, १ हजार ४ वटा फील्ड आर्टिलरी गन र मोर्टार अनि २१ सय ८४ वटा विशेष सैन्य वाहन रुसले ध्वस्त पारेको बताइएकाे छ ।