अवैध सुनसहित चारजना विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन् ।

टर्मिनल गेटमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तीन किलो ७४५ ग्रामसुनसहित फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्ने उज्बेकिस्तानका नागरिक रहेका छन् र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१