काठमाडौ । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो ।
जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र.स.नि.अमृत मैनालीले जानकारी दिए ।उनका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो ।
मोटरसाईकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद गरिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको हो ।लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानूनी प्रक्रियाको लागि अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।